ओढ्नु

स.क्रि. [सं. उपवेष्टन]

  1. जाडो आदिबाट बच्नाका निम्ति न्यानो कुनै लुगाले जम्मै जिउ वा कुनै अङ्ग मात्र छोप्नु; ओढ्नेले जिउ ढाक्नु।
  2. घामपानीबाट बच्न छाता, घुम, छत्री आदि साधनले शरीर ढाक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)