औकात/औगात

ना. [अ. औकात]

  1. कुनै व्यक्तिको सामाजिक, आर्थिक, बौद्धिक स्थिति वा अवस्था।
  2. कुनै व्यक्तिको आय र त्यसअनुसार उसले गर्न सक्ने खर्चको स्थिति, अवस्था वा स्तर; हैसियत; साबगास; बर्कत; ल्यागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)