कन्जरो

ना. [कन्द+जर]

  1. नसप्रिएको वा झिनो लम्बाकार कन्दमूल (मुला, गाजर, सुठुनी, तरुल, सखरखण्ड आदि)।
  2. साह्रै झिनो खालको मुला, सखरखण्ड आदि नमोटाएको सानो जरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)