कन्तुर
ना. [अङ्. काउन्टर]
- तत्काल बिक्री भएका सामानबाट आएको नगद राख्नका लागि पसलेले प्रयोग गर्ने, प्रायः दुलोबाट पैसा छिराउन मिल्ने, धातु अथवा काठ आदिको छरितो बाकस।
- त्यस्तै काममा प्रयोग गरिने भित्र अलग अलग वर्गका मुद्रालाई छुट्टाछुट्टै राख्न मिल्ने गरी बनाइएको दुलो नभएको बाकस।
- गहनागुरिया र दामी वस्तु राख्नका निम्ति बनाइएको बाकसभित्र राखिने गुप्ती बाकस।
- बाकस; सन्दुस; पेटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)