कपास
ना. [सं. कार्पास]
- हिउँदे नगदी बालीका रूपमा पाखो जमिनमा लगाइने, बोट प्रायः डेढदुई हात अग्लो, पात पाँचचुच्चे, फूल आरम्भमा सेतो अथवा पहेँलो र अन्त्यमा हल्का रातो, फल झन्डै अफिमको दानु झैँ हुने र फल फुटेपछि सिमलका जस्तै भुवा निस्कने तथा सो भुवाबाट कपडा आदिका लागि धागो कातिने एक प्रकारको वनस्पति।
- कपासको झैँ भुवा दिने कुनै पनि वनस्पति। (उदा.- रुखकपास)।
- कपास वा रुखकपास आदिबाट निस्कने, धागो कात्ने काममा प्रयोगमा आउने कुनै पनि किसिमको भुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)