कपिलवस्तु
ना.
- नेपालको पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत लुम्बिनी अञ्चलको दक्षिणपश्चिमी भागमा पर्ने एक जिल्ला।
- हालको लुम्बिनी अञ्चलमा पर्ने एक प्राचीन सहर वा जनपद जहाँका राजा शुद्धोदनका पुत्रको रूपमा गौतम बुद्ध जन्मिएका थिए। (हालको तिलौराकोटलाई नै उक्त ठाउँ मानिएको छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)