कबेली

ना. [काक+बल्ली?]

  1. काँक्राको झैँ लहरामा घण्टी आकारका ठुलाठुला पहेँला भालेपोथी फूल फुली पोथीचाहिँ फूलबाट आरम्भमा गट्टा वा कैँडा फली पछि बडेमा आकारको फल फल्ने एक प्रसिद्ध लहरो वा तर्कारी आदिका रूपमा प्रयुक्त हुने त्यसैको फल; फर्सी; कद्दु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)