कमिच/कमिज
ना. [अ. कमीस]
- दौरा, कुर्ता, मयलपोस आदि झैँ कमरभन्दा माथि लगाइने, तनाको साटो टाँक, चेन आदि जडिने, बाहुला पूरा वा आधा हुने, आधा बाहुला भए साधारण मोहोता हुने, पूरा बाहुला भए कफ हुने तथा घाँटीमा कलर नामक कर्णाकार कठालो हुने अनेकौँ प्रकारका उत्तरीय वस्त्रमध्ये कुनै एक (हाफ कमिज, फुल कमिज आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)