करण
ना. [सं.]
- व्याकरणमा, तृतीया विभक्तिद्वारा प्रतिनिधित्व हुने कारक।
- क्रियापदमा निषेध, अभाव आदिका विरुद्ध विधि, भाव आदि बुझाउने प्रत्यय वा सो प्रत्ययसम्बन्धी प्रणाली। (उदा.-म जान्नँ, तिमी नखाऊ आदिका विरुद्ध म जान्छु, तिमी खाऊ आदि)।
- ज्योतिषशास्त्रमा बब, बालव, कौलब, तैतिल, गर, बणिज, विष्टि आदि उभयपक्ष (शुक्लपक्ष र कृष्णपक्ष) का सात र शकुनी चतुष्पाद तथा नाग गरी केवल कृष्णपक्षका तीन अनि कृष्णपक्षमा आरम्भ भएर शुक्लपक्षको प्रतिपदाको थालनीको भागलाई भेट्ने किस्तुघ्न गरी सङ्ख्यामा एघार पुग्ने एक ज्योतिषशास्त्रीय स्थापना जो पञ्चाङ्ग (पात्रो) का पाँच अङ्ग (तिथि, वार, नक्षत्र, योग, करण) मध्ये एक ठहरिन्छ र प्रत्येक तिथिमा दुई सङ्ख्याका दरले पर्दै तिथिक्रमका साथै अघि बढ्दै जान्छ।
- लिच्छविकालीन अड्डाभित्र पर्ने कुनै एक फाँट वा विभाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)