कर्तव्य

ना. [सं.]

  1. कुलपरम्परा, नीतिनियम तथा सामाजिक आवश्यकतानुसार गर्नुपर्ने वा अँगालिने काम; गर्न लायक राम्रो आचरण वा क्रियाकलाप।
  2. नैतिकताविरुद्ध हुने काम; नजाती आचरण; टुना, मोहनी, विषप्रयोग र प्रहार आदिबाट कुनै व्यक्तिको ज्यान लिने दुस्साहस; कालो कर्तुत। (उदा.- काकालाई कर्तव्य गरी मारेको अभियोगमा समरबहादुर पक्राउमा परेको छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)