कर्नाल
ना. [अ. करनाम]
- नर्सिङ्गा झैँ नघुमेको तर आकारप्रकारमा उत्तिकै वा अझ धेरै ठुलो, फुक्ने ठाउँमा झिनो अनि बज्ने ठाउँमा लाउडस्पिकरको ढ्वाङ्झैँ फुकेको मुख हुने बिचमा भाँच्न मिल्ने एक धात्विक बाजा; भ्वाँकुरु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)