कर्म

ना. [सं.]

  1. काम; कार्य।
  2. भाग्य; तकदिर; प्रारब्ध।
  3. वैदिक वा लौकिक संस्कार; व्रतबन्ध, विवाह आदि संस्कार।
  4. व्याकरणमा कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरणमध्ये दोस्रो कारक; प्रायः द्वितीया विभक्तिद्वारा प्रतिनिधित्व गरिने कारक; कर्मकारक।
  5. अङ्गुल वा मात्राको छ गुना बराबरको नापो; करपाद, अङ्ग वा रस बराबरको परिमाण; छ अङ्गुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)