कर्मभूमि

ना. [सं.]

  1. धार्मिक मान्यताअनुसार यज्ञ, तप, अनुष्ठान आदि धार्मिक कर्म गर्नाका निम्तिको उचित भूमि; आर्यावर्त। (पुराणहरूले भारतवर्षलाई कर्मभूमि भनेका छन्)। २. काम गर्ने स्थान; कर्मक्षेत्र। ३. संसार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)