कस्तूरी

ना. [सं.]

  1. नेपालमा प्रायः हिमप्रदेशमा हुने, हिउँबाट बगेर आएको पानी र हिउँ पग्लेपछि ढुङ्गाका लेउ खाने, छोटो, पुच्छर, झिना खुट्टा र नरको नाभिनेर सुगन्धी बिना भएको, मृगका जातको झन्डै स्यालजत्रो प्रसिद्ध जन्तु; नेपालमा पाइने बदामी रङगको, कामरूप देश (पश्चिम आसाम) मा पाइने कालो रङगको र कश्मीरमा पाइने पिङ्गल वर्णको गरी तीन जात मानिएका र मध्य एसियाका घना जङ्गलमा पनि ठन्डा ठाउँमा पाइने सोही जन्तु।
  2. त्यसै जन्तुको नाभिनेर हुने र अनेक सुगन्धित वस्तु तथा औषधि बनाउनमा प्रयोग गरिने सुगन्धी द्रव्यको गोलो थैली; बिना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)