काँगियो

ना. [सं. कङ्कतिका]

  1. केश मिलाउने वा सफा गर्ने कडा रबर, प्लास्टिक, काठ (बाँस, श्रीखण्ड), धातु आदिद्वारा बनाइएको दाँतीदार वस्तु; कपाल कोर्न प्रयोग गरिने साधन; काँइयो; कँगयो; कँगिनी; काइँयो।
  2. काँगियोजस्तो देखिने हरिया चिल्ला पात हुने तथा पहेँलो फूल फुल्ने एक जातको रुख।
  3. केराका कोसाहरूको पङ्क्तिदार समूह (एक घरीमा धेरै काँगियो केरा हुन्छन्।)।
  4. कपडा बुन्ने तानमा धागो छिराएर मिलाइने अवयव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)