काँचो

वि. [सं. कच्चर]

  1. नपाकेको; प्राकृतिक अवस्थाको (काँचो धागो, काँचो माटो, काँचो इँट इ.);
  2. यन्त्र वा कलाद्वारा परिष्कृत नपारिएको (काँचो फलाम, काँचो पदार्थ इ.); अपरिपक्व।
  3. बुद्धि, विचार, व्यवहार आदिमा पाको नभएको (काँचो मान्छे, काँचो उमेर इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)