काँटा
ना. [सं. कण्टक]
- सुनचाँदी जोख्ने सानो तुलो वा मालताल जोख्ने ठुलो तुलो; तराजु।
- त्यसरी मालसामान जोख्ने तुलाका डन्डी सोझिएको देखाउने जिब्री।
- खानेकुरो खाँदा प्रयोग गरिने चुच्चा चुच्चा परेको चम्चा।
- आइमाईहरूले कपालको शृङ्गार गर्दा प्रयोग गर्ने चेपुवा वस्तु; चिम्टी।
- इनार, कुवा आदिमा खसेका कुनै वस्तु बाहिर झिक्न प्रयोग गरिने अङ्कुसे।
- माछा आदि जलजन्तु समात्ने चुच्चे चिम्टी।
- स्वेटर आदि हातले बुन्दा प्रयोग गरिने सुइरो।
- काँढो; कण्टक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)