काट्नु
स. क्रि. [सं. कर्तन]
- कुनै वस्तुलाई हतियारले हान्नु।
- टुक्रा पार्नु; छिन्ने गराउनु।
- अक्षर केर्नु वा मेट्नु।
- रेल, मोटर आदिको टिकट किन्नु।
- बिल, चेक, पुर्जी आदि लेखी जारी गर्नु।
- समय बिताउनु।
- उल्लङ्घन गर्नु; नाघ्नु।
- अर्काले बोलेको कुरा नटुङ्गिदै बिचैमा बोल्नु।
- हिसाब आदि कट्टी गर्नु।
- कुनै आज्ञा, आदेश, तर्क आदिलाई रद्दी पार्नु वा तिनको खण्डन गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)