कान्त
ना. [सं.]
- इष्टजन; प्रिय व्यक्ति।
- अनुराग राख्ने वा प्रेम गर्ने व्यक्ति; प्रेमी; मायालु।
- पति; लोग्ने; स्वामी (लक्ष्मीकान्त, श्रीकान्त इ.)।
- चन्द्रमा।
- वसन्त ऋतु।
- एक जातको फलाम।
- रत्न।
- कार्तिकेयको उपाधि।
- प्रिय र रुचिकर; कोमल र मनोहर।
- सुन्दर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)