काम्रो
ना.
- हातगोडा आदिका हड्डी भाँचिएमा वा फुटेमा ठिक पार्नका लागि बाहिर कपडाले बाँधेर प्रयोग गरिने बाँस आदिको कप्टेरो।
- लिङ्गे पिङहरूमा बस्नका लागि काठका कप्टेरामा डोरीले बाँधी बनाइएको आसन।
- डोको, थुन्से, ढाकर आदिलाई बलियो र जब्बर तुल्याउनका लागि ठाउँ ठाउँमा घुसारिने दह्रो कप्टेरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)