काम

ना. [प्रा. कम्म< सं. कर्म]

  1. कुनै कुरा, उद्योग वा प्रयोजनका लागि हातखुट्टा आदि शारीरिक अङ्ग चलाएर गरिने कार्य; मन वा बुद्धि खियाउने प्रक्रिया वा स्थिति; दशनङ्ग्रा खियाइ।
  2. कुनै पनि कार्य वा क्रिया (उद्योगधन्दा, इलम-व्यवसाय, पठनपाठन इ.)।
  3. गर्नुपर्ने कर्म, कार्य, व्यापार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)