कारण
ना. [सं.]
- प्रभाव वा परिणाम उत्पन्न गर्ने कुनै पनि मूल तत्त्व वा व्यक्ति; कुनै पनि कार्य, भावना आदिका निमित्तको हेतु; अभिप्रेरणा वा आधार; हेतु; तर्क; आधार; प्रयोजन; उद्देश्य।
- उपकरण; साधन।
- काव्य वा नाटकको मूल वा कथावस्तु।
- प्रमाण दस्तावेज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)