कारबाही
ना. [फा. काररवाई]
- काम; काज।
- व्यवहार; कारबार।
- गुप्त प्रयत्न; चाल।
- कार्यतत्परता; कर्मण्यता।
- अड्डा, अदालतबाट कुनै समस्या, झगडा वा मुद्दाको छानबिन गरी फैसला गर्दा अँगालिने प्रक्रिया; निर्णयका निम्ति गरिने त्यस्तो कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)