कार्नेस

ना. [अङ्. कर्निस]

  1. घर, भवन आदिका बाहिरपट्टिको पर्खाल वा गाह्रोलाई पानीबाट बचाउन र बाछिटा आदि भित्र जान नदिनका लागि आवश्यकताअनुसार प्रत्येक तलाका बिचमा त्यसै पर्खाल वा गाह्रोसँग जोडी केही बाहिर निकालिएको इँट, टायल, कर्कटपाता आदिको फल्याकजस्तो छत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)