कार

वि. [सं.]

  1. नाम शब्दको पछाडि लागेर 'बनाउने', 'गराउने', 'रचना गर्ने' आदि कार्यबोध गराउने शब्द (ग्रन्थकार, कथाकार इ.)।
  2. काम गर्ने, कार्य गर्ने।
  3. वर्णमालाका अक्षरको पछाडि लागेर तिनलाई नामका रूपमा चिनाउने शब्द (आकार, उकार इ.)।
  4. अनुकरण आदि ध्वनिको बोध गराउने शब्द (हुङ्कार; झङ्कार इ.)।
  5. पूरकका रूपमा आउने शब्द (केरकार, कोरकार इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)