कालिदास
ना. [सं.]
- संस्कृत साहित्यका प्रसिद्ध नाटक (अभिज्ञानशाकुन्तल, विक्रमोर्वशीय, मालविकाग्निमित्र), महाकाव्य (रघुवंश, कुमारसम्भव) र खण्डकाव्य (मेघदूत र ऋतुसंहार) को रचना गर्ने एक विख्यात महाकवि; संस्कृत साहित्यका प्रतिनिधि नाटककार तथा काव्यकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)