कालो

ना. [सं. काल]

  1. प्रकाश वा सेतोको विपरीत रङ; मोसो, गाजल, अँगार, गोल आदिको जस्तो रङ्ग।
  2. प्रकाश नभएको स्थिति; अन्धकार।
  3. निग्रो जाति।
  4. दोष, कलङ्क; खोट।
  5. पाप; कल्मष।
  6. उज्यालो नभएको; अँध्यारो; मैलो वा धमिलो।
  7. कृष्ण वर्णको; कल्साउँदो; साँवलो; गाजले।
  8. मन सफा नभएको; रिसाएको; नजाती; दुष्ट।
  9. आशा नभएको; पत्तो नपाइने (कालो भविष्य, कालो भावना इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)