किताब
ना. [अ.]
- मुद्रित गरिएको वा लेखिएको र सुरक्षित तुल्याउन एकापट्टि धागो वा तारले बाँधी प्रायः बाक्लो र बलियो गातासमेत लगाइएको पत्रैपत्र कागतको समूह वा ठेली; पुस्तक; पोस्तक; पोथी; किताप; ग्रन्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)