किनारा
ना. [फा. किनार]
- कुनै वस्तुको लमाइ वा गजतर्फको पछिल्लो छेउ; धोती वा अन्य नसिएका कपडाको लमाइको तलमाथिको फेरो; किनार।
- नदी, तलाउ वा जलाशयको तीर; तट।
- आसपासको ठाउँ; छेउछाउ; पार्श्व।
- धोती, चादर, पछ्यौरा आदि कपडामा भिन्न बुनोटको वा अलग रङको लामो फेर।
- कपडाको छेउछाउमा हुने विशेष खालको बुट्टा; खिका।
- दुबिधा भएको कुनै कामकुरामा लगाइएको टुङ्गो; निधो; निर्णय; इदमित्थ। (उदा.- अदालतले मुद्दाको किनारा लगाइसक्यो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)