किराँत
ना. [सं. किरात]
- पूर्वी नेपालमा पर्ने माझ किराँत तथा पल्लो किराँतका नामले प्रसिद्ध एक प्रदेश; किरात।
- उक्त प्रदेशमा बसोबास गर्ने प्राचीन एक जाति; राई-लिम्बू।
- हिमवत्खण्डमा उल्लिखित, सिकारबाट जीविका चलाउने आदिम पहाडी जाति। स्त्री. किराँतिनी।
- प्राचीन नेपालमा शासन गर्ने एक राजवंश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)