किलो

ना. [सं. कील]

  1. कुर्सी, टेबुल आदि बनाउँदा काठका टुक्रालाई हतौडीले हानेर जोड्न वा भित्ता आदिमा कुनै वस्तु झुन्ड्याउन खुटीका रूपमा समेत प्रयोग गरिने, एक छेउ मोडिएको र अर्को छेउ तिखारिएको, फलाम, काठ आदिको लाम्चो काँटा।
  2. सुइरो।
  3. जमिन, भित्ता आदिमा ठोकेर वा गाडेर बस्तुभाउ बाँधिने काठ, फलाम आदिको लाम्चो टुक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)