कुरङ्ग

ना. [सं.]

  1. कृष्णसारका आकारप्रकारको र खैरो रङ हुने ठुलो मृगको एक जाति।
  2. हरिण; मृग।
  3. तासको तुरुप खेलमा बोलिएको रङ्ग (तुरुप) बाहेक अरू तीन रङ्ग।
  4. बदरङ्ग; बजरङ्ग।
  5. पासा, पच्चिसका खेलमा रातो, सेतो वा पहेँलोबाहेकको कालो वा हरियो गोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)