कोँचाखीँ
ना. [नेवा.]
- बायाँ हातले काखी च्यापी दायाँ हातका औँलाले बजाइने, तबला र बामको बोल दुवै निस्कने, अर्धमृदङ्ग जातको एकमुखे बाजा। (नाट्येश्वरलाई मन पर्ने भनिएको यो बाजा धार्मिक यात्रा, विवाह आदिमा उपत्यकाका मानन्धर र महर्जनहरूद्वारा बजाउने गरिन्छ)।
- पञ्चताल-वाद्यमध्येको मुख्य तालबाजा; पञ्चताल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)