कोइली
ना. [सं. कोकिल]
- काग जस्तै तर चिल्लो कालो रङको, पुच्छर अलि लामो हुने, वसन्त ऋतुमा झ्याम्म परेको रुखको हाँगामा बसेर सुरिलो स्वरले 'कुहू-कुहू' वा 'को हो? को हो?' भन्दै कराउने प्रसिद्ध चरो।
- कोइलीको जस्तै स्वर भएकी प्रेमिकालाई प्रेमीले बोलाउँदा भन्ने शब्द; मायालु।
- विरहिणी (प. ने.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)