कोक्रो
ना. [सं. क्रोडक]
- नानीहरूलाई सुताएर हल्लाउने काममा प्रयोग गरिने चोया, बेत, तार, पाट आदिबाट बुनेको टोक्रो; झुलना; कोर्को।
- कैदीहरू हालेर बोकिने वा सजाय दिन झुन्ड्याइने टोकरी; तुरुङ।
- चोयाको टोक्रो; चोयाको पिँजडा।
- माछा समाउन बुनेको सानो ढडिया; माछा थाप्ने टोकरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)