कोठो
ना. [सं. कोष्ठ]
- बिच बिचमा काठ, गारो आदिले बारेर घरभित्र बनाइएको सानो वा ठुलो खण्ड।
- दराज, बाकस आदिमा फल्याक आदि ठोकेर बनाइएको खाना; खण्ड।
- कागत, लुगा, भुइँ आदिमा त्यसै वा बुट्टा भर्ने अभिप्रायले तेर्सा र ठाडा धर्सा पारी बनाइएको खाना।
- धान, चामल आदि राख्ने चोयाले बुनेको भाँडो; भकारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)