कोमला वृत्ति

ना. [सं.]

  1. संस्कृत साहित्यशास्त्रका अनुसार छोटा छोटा समास, कोमल शब्दावली, ल, व, स तथा वर्गका तेस्रा वर्ण (ग, द आदि) को बढी प्रयोग हुने र शृङ्गार, शान्त, अद्भुत आदि रस तथा कोमल सुकुमार भावको अभिव्यक्ति दिइने एक वृत्ति; साहित्यका तीनवटा वर्णगत वृत्ति (उपनागरिकावृत्ति, पुरुषावृत्ति र कोमलावृत्ति) मध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)