कोर्को
ना.
- केटाकेटी सुताउन पिँधतिर दह्रा काम्रा राखी बाँस, बेत आदिका चोयाले बुनेको खटियाका आकारको बिट भएको भाँडो; झोलुङ्गो; कोक्रो।
- बालीनाली भएको ठाउँबाट बस्तुभाउ हिँडाउँदा र बालीको छेउछाउमा गोरु जोत्दा बाली खान नदिन मुखमा लगाइदिने फुर्लुङ; महला।
- कुनु परेको वा सानो ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)