क्लिष्ट
वि. [सं.]
- हम्मेसी नबुझिने वा अर्थ्याउन गाह्रो पर्ने; दुरूह; कठिन (क्लिष्ट शब्द, क्लिष्ट वाक्य, क्लिष्ट शैली इ.)।
- पार लाउन गाह्रो पर्ने; मुस्किल; अप्ठ्यारो।
- कष्ट पुर्याउने खालको; कष्ट हुने; क्लेशयुक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)