क्ष
- देवनागरी वर्णमालामा र पञ्चाशत वर्णमातृकामा स्वतन्त्र अस्तित्व पनि मानिएको, कण्ठ र मूर्द्धास्थानबाट उच्चारण हुने 'क' र 'ष' को संयुक्त रूप वा सो रूपको संयुक्त व्यञ्जनवर्ण (संयुक्ताक्षर); लेख्य रूपमा सो संयुक्त व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)