खन्नु
स.क्रि. [सं. खन्]
- कुटो, कोदालो, कोदाली आदि विभिन्न आकारका फलामे हतियारले जमिन खोस्रनु।
- बाली लगाउनका लागि खेतबारीको माटो ओल्टाइपल्टाइ गर्नु वा खुकुलो पार्नु।
- थाहा नपाउने चालले अर्कालाई दुःख दिनु वा सताउने प्रयास गर्नु। (उदा.- उसले भित्रभित्रै तिम्रो जरोकिलो खन्न लागेको छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)