खाका
ना. [फा. खाक]
- रेखाहरूबाट निर्मित आकृति वा चित्रको प्रारम्भिक रूप; रङ भर्न बाँकी रहेको रेखाचित्र।
- त्यसै खालको रेखा वा ढाँचा बनाइने कागज; नक्सा; मानचित्र।
- समयसमयमा हुने उतारचढाउ, परिवर्तन आदि सूचना गर्ने रेखात्मक अङ्कन; ग्राफ।
- कुनै पत्र, लेख, विधान आदिको आरम्भिक रूप; रूपरेखा; मसौदा (ड्राफ्ट)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)