खाक्सी

ना. [फा. खाक+नेवा. सी]

  1. खस्रा पात हुने र झुप्पादार मसिना सेता फूल फुल्ने एक रुख वा त्यसैका ससाना हरिया फल; ठेकीभाँडा आदि गन्हाएमा मस्काएर सफा पार्ने काममा प्रयोग गरिने सोही रुखको पात; खाग्सी।
  2. काठपात आदि चिल्ल्याउन र धातुका वस्तुहरूमा जमेको कस सफा गर्न कागत वा कपडामा काँचको धुलो टाँसी बनाइएको रगड्ने खस्रो कागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)