खाली

वि. [अ.]

  1. भित्र केही नभएको; रित्तो (खाली भाँडो, खाली खल्ती इ.)।
  2. कोही नबसेको (खाली कुर्सी)।
  3. खानेकुरा केही नपरेको (खाली पेट)।
  4. गहना वा श्रीसम्पत्ति केही नभएको (खाली कान, खाली हात इ.)।
  5. केही रोजगार वा कामधन्दा नभएको (खाली दिन; खाली समय इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)