खासखुस
क्रि.वि. [अ. मू. खुस्+अ (द्वि.)]
- नजिकका व्यक्तिले पनि सुन्न नसक्ने गरी; गुप्त किसिमले (कुरा गर्ने ढङ्ग); खुसखुस।
- भित्रभित्रै भइरहेको कुनै गोप्य कुरा वा निन्दनीय कामका बारेमा बाहिर अलि-अलि सुनिन थालेको हल्ला; गाइँगुइँ।
- गोप्य कुराकानी; कानेखुसी; साउती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)