खुत्तिनु
अ.क्रि. [खुत्त+इ+नु]
- छाला उप्कनु; छाला जानु; खुइलिनु।
- गरेको काममा असफल हुनु (निन्दाको अर्थमा)।
- नाश हुनु; नासिनु।
- मर्नु।
- सेवा, पद आदिबाट निकालिनु।
- बिस्तारै निस्केर हिँड्नु; उम्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)