खुल्नु
अ.क्रि. [सं. खुड+नु]
- खुला हुनु; उघ्रनु; फुस्कनु; फुक्नु।
- बन्धनबाट मुक्त हुनु; फुक्का हुनु; छाडा हुनु।
- नयाँ विद्यालय, संस्था आदि सुरु हुनु।
- बन्द भएको कुरा फेरि हुन थाल्नु वा चलनमा आउनु।
- नयाँ वस्तु निस्कनु; प्रकाशित हुनु।
- सुहाउनु।
- स्पष्ट देखिने हुनु; छर्लङ्गिनु।
- अर्थ स्पष्ट हुनु।
- लुकेको रहस्य आदि थाहा हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)