खुस
वि. [फा. खुश]
- आफ्नो स्थिति वा परिस्थितिसँग पूरै सन्तुष्ट भएको; प्रसन्न।
- आफू वा अरू कसैद्वारा गरिएको कार्यबाट सन्तोष अनुभव गर्ने; आनन्दित।
- प्यारो, राम्रो वा मन पर्ने; सुन्दर (खुसखबर)।
- इच्छा। (उदा.- खुस परे जाऊ, नपरे नजाऊ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)