खोले

ना. [√ खोलो]

  1. गाईबस्तुलाई खुवाउन मकै, चामल, भटमास आदिको पिठो पकाइएको बाक्लो झोल; कुँडो।
  2. प्रायः गरिबहरूले खाने, मकैको पिठो, कनिका, सागपात आदि मिसाएर पकाइएको लेदो खाद्य पदार्थ; फाँडो।
  3. सभ्यता नजानेको; अशिष्ट; गँवार (मानिस)।
  4. कष्टले जीवननिर्वाह गर्ने; दुःखी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)