खोल्नु

स.क्रि. [खुला+नु]

  1. बन्द भएको अवस्थाबाट खुला पार्नु; उघार्नु।
  2. बन्धनबाट मुक्त पार्नु; फुक्का गर्नु वा छाडा गर्नु।
  3. नयाँ पसल, कारखाना, विद्यालय आदिको स्थापना गर्नु; उद्घाटन गर्नु।
  4. बन्द भएको कामकुरो फेरि सुरु गराउनु वा चलनमा ल्याउनु।
  5. निकाल्नु; आविष्कार गर्नु।
  6. दाम्लो, खोर आदिबाट फुक्का गर्नु; छाड्नु।
  7. कविता आदि वा कुनै शास्त्रीय विषयको स्पष्ट नभएको अर्थ स्पष्ट गराउनु; व्याख्या गर्नु।
  8. अनावृत गराउनु।
  9. दौडाउनु; कुदाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)